इराक बम विस्फोट–२२ को मृत्यु, अनुसन्धान जारी

irak bumb blastएजेन्सी–जेठ २७ । इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा २२ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा ७० जना बढी घाइते भएका छन् ।
बग्दाद अल जदिद मार्गको व्यापारिक क्षेत्र र ताजिस्थित सेनाको चेकपोइन्टमा श्रृंखलावद्ध बिस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यापारिक क्षेत्रमा कम्तीमा १५ जनाको मृत्यु भएको र सेनाको चेकपोइन्टमा भएको विष्फोटमा ७ जना सैनिक मारिएको इराकी प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण किन र कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया