काठमाडौं–जेठ २७ । अमेरिकाले संविधान कार्यान्वयन र मधेश मुद्दा बारे चासो व्यक्त गरेको छ ।
अमेरिकाका मध्य एसिया मामिला प्रमुख विलियम ई टोड नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी संविधान कार्यान्वयनको प्रगती र मधेश मुद्दा सम्बोधन बारे चासो व्यक्त गरेको हो । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा देखिएको असन्तुष्टी समाधानका लागि वार्ता र संवादलाई निरन्तरता दिएको भन्दै देशको आन्तरिक मामिला मिलाउने पहल भइरहेको बताउनुभएको बताइएको छ ।
यस्तै, अमेरिकी प्रतिनिधि मण्डललेमाओवादी केन्द्रका अध्यक्ष दाहालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएको र अमेरिकी चासोप्रति जवाफ दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया पुनर्निर्माणको काम अघि बढाउन राष्ट्रिय सहमतिको प्रयास भइरहेको भन्दै आन्तरिक समस्या मिलाउन सक्षम सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।