मन्त्री पासवानको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं–जेठ २७ । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका छन् ।
Biswendra-Paswanमन्त्री पाशवानको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालको सर्जरी विभाग प्रमुख प्रा.डा.वाईपी सिंहले स्वास्थ्यमा  निक्कै सुधार देखिएको बताउनुभएको हो । आईसियूबाट सुविधायुक्त क्याबिन बेडमा सार्ने तयारी भएको भन्दै उहाँले  ज्वरो नघटेका कारण निगरानीमा राखिएको बताउनुभयो । पेंक्रियाज सुन्निएर अकस्मात पाचन प्रणाली शून्य भएपछि गत २० जेठमा मन्त्री पाशवानलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उपचारका लागि सिंहको नेतृत्वमा तीन सदस्यीय चिकित्सकको टोली खटिएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा उल्लेख्य सुधार नआउका कारण भारतस्थित् मेदान्त अस्पताल लैजाने तयारी भएपनि एअर एम्बुलेन्स नआएका कारण रोकिएको थियो । अहिले स्वास्थ्यमा सुधार देखिएपनि मेदान्त लैजाने नपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush