काठमाडौं–जेठ २७ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओबादीले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सर्वाजनिक सवारी साधन चल्न सकेका छैनन् । जसका कारण काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै बनेका छन् । बन्दकर्ताले विहानपख कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमाथि आगजनी गरेका थिए । ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ । चाकल सुरक्षित रहेपनि ट्याक्सीमा आंशिक क्षति भएको बताइएको छ । प्रहरीले बन्द गराउँदै हिडेका थुप्रै कार्यकर्ता देशका विभिन्न भागबाट पक्राउ गरेको जनाएको छ ।
सुनसरीको सुनसरीको इटहरी बन्दकर्ताले ना ५ ख २७ १२ नम्बरको गाडी र ना ४ ख ७४०६ नम्बरको गाडीमा क्षति पुगेको छ । प्रहरीले ३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै काठमाडौ लगायत उपत्यकाबाट समेत केही नेता कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । काभ्रको बनेपाबाट सबैभन्दा बढी १२ जना पक्राउ परेका छन् ।