सार्क राष्ट्रका मुख्यसचिवहरुको बैठक सुरु

काठमाडौं–जेठ २७ । सार्क राष्ट्रका मुख्यसचिवस्तरिय बैठक काठमाडौंमा आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेर सुभारम्भ गर्नुभएको हो ।

vlcsnap-2016-06-09-14h25m20s128प्रधानमन्त्री ओलीले बैठकको सुभारम्भ गर्दै नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्नुभएको थियो । जननिर्वाचित संविधानसभाको ९० प्रतिशत मतसंगै लोकतान्त्रिक विधिबाट जारी संविधान विश्वकैलाई उत्कृष्ट नमुना हुँने बताउनुभएको थियो । उहाँले भन्नुभयो– ‘संविधानले कुनै पनि नेपाली नागरिकको अधिकारलाई कुण्ठित हुन दिएको छैन, अल्पसंख्यक, सिमांतकृत, पीछडा महिला लगायत सबै क्षेत्र र समुदायलाई अधिकार र अवसरको ज्ञारेन्टी संविधानमा छ ।’ सार्क राष्ट्रबीचको सहयोगलाई अझ वढी सुदृढ गर्दै आर्थिक विकासमा अघि वढ्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले नेपालमा सुरु भएको सार्कको मुख्यसचिवस्तरीय वैठकले सरकारको नीति निर्माणमा सहयोग पु¥याउने वताउनुभएको थियो ।

शुक्रबारसम्म चल्ने बैठकमा सार्क क्षेत्रको आर्थिक, सामाजिक विकास लगायतका विषयमा छलफल हुनेछ भने बैठकले सार्क राष्ट्रको साझेदारी र समृद्धिलाई केन्द्रमा राखेर महत्वपुर्ण निर्णय समेत गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया