पार्टी घोषणा नहुँदै नयाँ शक्तिलाई झड्का–सोलुखुम्बुमा चरम विवाद

सोलुखुम्बु–जेठ २७ । देशलाई आर्थिक सम्पन्नता दिने अभियानका रुपमा पार्टीलाई अघि बढाउने चर्चा सँगै अहिले नयाँ शक्ति नेपालमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या दिन प्रतिदिन बढ्दो छ । तर पार्टी प्रवेश अभियान नयाँ शक्तिका लागि भीड देखाउने अवसर मात्र नभई ठूलो समस्या समेत बन्न थालेको छ ।

naya-shakti-baburam-bhattaraiघटना हो, सोलुखुम्बु जिल्लामा देखिएको नयाँ शक्तिका नेता कार्यकर्ताबीचको चरम ध्रुविकरणको । केही दिन अघि काठमाडौंको एक पार्टी प्यालेसमा सोलुखुम्बुका राजाबादीहरु गार्मेन्टमा काम गर्ने मजदुरहरुको ठूलो समुहलाई देखाएर नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा पार्टी प्रबेश गरेका थिए । यी नेताहरुलाई पार्टीले केन्द्रीय सचिवालय सदस्य बनाएपछि सोलुखुम्बुमा चरम ध्रुविकरण सुरु भएको छ । केन्द्रीय सचिवालय सदस्य बनेपछि सोलुखुम्बु पुगेका ती व्यक्ति अहिले जिल्लामा नयाँ शक्तिको नेता आपूmमात्र रहेको भन्दै मनोमानी ढंगले एकलौटी आंगिक संगठनहरु बनाउन र घोषणा गर्नमा व्यस्त देखिएका छन् ।

भर्खरै पार्टी प्रवेश गरेका नेताहरुको जिल्लामा बढ्न थालेको तथाकथित रबैयाले नयाँ शक्ति निर्माण अभियानको सुरुवाती दिनदेखि इमान्दारपूर्वका लागेका अभियान्ताहरुमा निराशा बढेको छ । पार्टीले सम्मानका साथ जिम्मेवारी दिएका यस्ता व्यक्तिबाट नै मनोमानी र हैकमबादका आधारमा जिल्लामा कामकारबाही भइरहने हो भने अभियान अगाडी बढाउन मुस्किल हुने नाम नखोल्ने सर्तमा एक अभियान्ताले नेपाल परिक्रमालाई जानकारी दिनुभएको छ । सोलुखुम्बुमा मात्रै होइन, विभिन्न विचारधारा र समूहका व्यक्तिलाई संख्या बढाउने नाममा पार्टीमा अवशर दिइदा पुराना अभियन्तामा निराशा बढ्ने क्रम अन्य जिल्लामा समेत सुरु भएको छ ।

जो कसैलाई अवशर दिने नाममा यसरी पार्टीका लागि योगदान दिने व्यक्ति चिन्न नसक्ने हो भने आकर्षक नारा र समृद्धिको योजना मात्रैले नयाँ शक्ति नेपाल अघि बढ्न सक्दैन ।

तपाईको प्रतिक्रिया