नेवि संघ अध्यक्षमा शुभराम बस्नेतको सम्भावना बलियो

काठमाडौं–जेठ २६ । लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा शंकरदेव क्याम्पसका स्वभियु सभापति शुभराम बस्नेतको बलियो पक्कड देखिएको छ । लामो समय देखि संघमा क्रियाशिल रहँदै आएका बस्नेतले उल्लेखनीय र्‍योग्दान समेत पुर्‍याएको बस्नेतलाई चिन्नेहरू बताउँछन् । बस्नेतको नेवि संघ भित्र पनि राम्रो पक्कड रहँदै आएको छ ।

देशब्यापी रूपमा देउवाले माहोल तताएका बेला देउवा पक्ष नै रहेका बस्नेतले अब हुने नेवि संघको चु13393354_10208491612760847_2145746811_nनावमा आफूलाई बलियो रूपमा उभ्याउने योजना समेत बनाउनुभएको छ । सक्रिय विद्यार्थी राजनीतिमा रहेका बस्नेतले अहिलेसम्म १७ भन्दा बढि राष्ट्रिय कार्यक्रमा आफ्नै नेतृत्वमा सम्पन्न गर्नुभएको छ भने देशभरिका विभिन्न सरकारी कलेजमा सयौं विद्यार्थीलाई छात्रवृ13407646_10208490624416139_626750977_n - Copyत्तिमा पढाउने अवसर सृजना गर्न पनि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । बस्नेतकै सक्रियतामा अहिले विभिन्न सरकारी कलेजमा अपाङ्गता भएका विद्यार्थीले निशुल्क रूपमा अध्ययन गर्न पाएका छन् । विद्यार्थी राजनीतिमा मात्र नभई समाज सेवाको क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनुभएका बस्नेतले विभिन्न समय अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विश्वविद्यालयका प्रोफेसलाईलाई समेत नेपाल बोलाएर शैक्षिक सम्मेलन गराउन मुख्य भूमिका समेत निर्वाह गर्नुभएको छ ।

सबै विद्यार्थी वीचमा लोकप्रिय रहेका बस्नेत अन्य प्रतिष्प्रधि भन्दा कान्छा समेत रहनुभएको छ । यस्तै विविध कुराहरूले बस्नेत नेवि संघको एघारौ महाधिवेशनमा अध्यक्षको बलियो दाबेदारको रूपमा हुनुहुन्छ । नेवि संघको चुनाव अगामी साउन भित्र गर्ने भनिएको छ ।

Published On:  740पटक हेरिएको

तपाईको प्रतिक्रिया