काठमाडौं–जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकार बिरुद्ध आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
काठमाडौंमा बुधबार एकै परिवारका तीन जना किर्तिमानी पर्वतारोहीलाई सम्मान गर्दै सभापति देउवाले वर्तमान सरकारका कारण देशमा समस्या बढेको भन्दै सरकार बिरुद्ध उचित कदम चाल्ने चेतावनी दिनुभएको हो । उहा“ले संविधान कार्यान्वयनको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरेको आरोप लगाउदै भुकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीले आफ्नो पार्टी समर्थित एनजिओहरुलाई जिम्मा दिएर राज्य कोषको दुरुपयोग गरेको जिकिर गर्नुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनको विषयलाई बेवास्ता गरि संसदीय चुनाव गर्न खाजेर प्रधानमन्त्री ओलीले देशलाई दुर्घटनामा धकेल्न खोजेको आरोप लगाउनुभएको थियो । कार्यक्रममा सगरमाथा आरोहण गर्ने एकै परिवारका तीन जना लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पालाई सम्मान गरिएको थियो ।
सम्मान पाउने लाक्पा शेर्पा ७ पटक सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी महिला आरोही हुन ।