मन्त्रिपरिषद बैठक–उपराष्ट्रपतिको चीन भ्र्रमण स्वीकृत

काठमाडौं–जेठ २६ । मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ को चीन भ्रमणलाई स्वीकृती प्रदान गरेको छ ।

Pmo-Officeउपराष्ट्रपति पुन यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण जाने तालिका छ ।यस्तै, मन्त्रिपरिषदले स्वास्थ्य सेवाको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गर्ने निर्णय गरेको छ । २०६२÷६३ को जनआन्दोलकी घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । घाइते उप्रेती थाइल्याण्डमा उपचाररत हुनुहुन्छ ।

यस्तै, केही सचिवको सरुवा भएको छ, सरकारले विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिचाईंमा र सिचाईं सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया