गलत काम गर्ने ठेकेदार कालोसुचीमा, सडक विस्तार अझै अलपत्र

काठमाडौं–जेठ २५ । सडक निर्माणको गति सुस्त हुँदा काठमाडौं उपत्यकावासीको लामो समयदेखीको सडक सकस अझै उस्तै छ । यो बिचमा सडक विभागले ढीलाई र गलत काम गर्ने ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेर कारवाही थालेको बताएपनि निर्माणले गति लिन सकेको छैन ।

ktm sadakविस्तार र सुधारका नाममा भत्काइएका सडकको निर्माण समयमै सम्पन्न नहुँदा सडक प्रयोगकर्ताले पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या व्यहोर्न बाध्य छन् ।   हुनत, ठेकेदारहरुको लापरवाही र गलत सोचका कारण सडक निर्माणमा ढिलाई भएको भन्दै ४ महिनामा १८ निर्माण ठेकेदार कम्पनीहरुलाई कालो सुचीमा राखेको दाबी सडक विभागका सहप्रवक्ता लक्ष्मी दत्त भट्टले गर्नुभएको छ । जय शम्भु मल्टि परपोज कम्पनि प्रा लि रविभवन काठमाडौं, श्री नेपाल प्रगति निर्माण सेवा प्रा.ली. बागबजार, श्री जय ओम तथा आमिका जे.भि.गोकर्ण, जी.एम.कन्स्ट्रक्सन प्रा.ली. गोंगबु, श्री खाँडादेवी निर्माण सेवा काठमाडौँ, बैदेही एण्ड प्रविन निर्माण , श्री खोम र यरुष जे.भि. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली. कोटेश्वर, श्री लोकप्रिय निर्माण सेवा, कालिमाटी र श्री सान्स बिल्डर्स लगायत देशभरिका १८ कम्पनी कालो सुचीमा राखिएपनि निर्माणको ढिलाई रोकिएको छैन ।

ktm sadakहुनत, सडक विभाग आफै राजधानीका सडक लामो समयसम्म अस्त व्यस्त रहनुमा सडक सम्वन्धि ऐन कानुनमै समस्या भएको बताउछ । एउटा मूख्य जिम्मेवार निकाय नै यसरी आफ्नो दायित्वबाट पन्छिने हो भने काठमाडौंका सडक कहिले चुस्त दुरुस्त बन्लान ?

तपाईको प्रतिक्रिया