विद्यालय भवन जिर्ण हुँदा पठनपाठनमा समस्या

बझाङ–जेठ २५ । विकट हिमाली जिल्ला बझाङको स्याडी गाविस ७ बित्थडमा अवस्थित कालिका बाल ज्योती प्राथमिक विद्यालयको पढाई भवन जिर्ण भएका कारण प्रभावित भएको छ ।

pathan pathan samasya bajhang२०६६ सालमा स्थापना भएको विद्यालयमा हालसम्म भवन निर्माणको आवश्यक कोटा नपर्दा पठनपाठनमा समस्या भएको हो । ७४ छात्र र ६१ छात्रा गरी १ सय ३५ जना विद्यार्थी अध्यनरत विद्यालयले टिनले छाएको टहरामा अध्यापन गराइरहेको छ । शिक्षा कार्यालयले आवश्यकता अनुसार विद्यालय भवनको कोटा निर्धारण नगरि कमिसन र राजनिति पहुँचका आधारमा तय गर्दा समस्या व्यहोर्नुपरेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोहोराले गुनासो गर्नुभयो ।

जिल्लाका राजनीतिक दल तथा जिल्ला शिक्षा अधिकारीले भवन कोटा दिने आश्वासन वारम्बार दिएपनि सामान्य मर्मत खर्च समेत नपाएको स्थानीय  बासिन्दाको गुनासो छ । अझ जेठ १६ गतेको हुरीले विद्यालयका जस्ता उडाएपछि पठनपाठन थप प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया