मुस्लिम समुदायको मुख्य चाड रमजान शुरु

काठमाडौं–जेठ २५ । मुस्लिम समुदायको पबित्र महिना रमजान मंगलबारबाट शुरु भएको छ ।

ramjanहिजरी संवतको ८ औ महिना रजबुल मुरज्गबको समाप्ती पछि रमजानुल मुवारकको महिना शुरु भएको मानिन्छ । रमजानको महिनामा इस्लाम धर्माबलम्बीहरु विहान सुर्याेदयदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाईकन ब्रत बस्ने गर्दछन् । रमजान महिना लाई मुस्लिमहरुले शुभलाभको महिना मान्ने गर्दछन ।  एक महिनासम्म मनाईने यो पर्वमा सात बर्षदेखि सबै व्यक्ति अनिवार्य रोजा अर्थात उपवास बस्ने प्रचलन रहदैआएको छ ।

यो महिनामा मुसलमानहरुको पाच महत्वपुर्ण कार्य रोजा, नमाज, हज, जकात र फतिरा नियमानुसार गर्नु र तिर्नुपर्ने हुन्छ । हज बाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने भएकाले यो महिना  मुसलमान समुदायका लागि महत्वपुर्ण महिना हो । दिनभरी केही पनि खान नहुने यो पर्वमा मुसलमानहरुले आ–आफ्नो क्षमता अनुसार बिभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्दछन् । रोजाको समयमा कुनैपनि खाने कुरा मुखमा हाल्नु हुदैन, जानेर थुक पनि निल्नु हुदैन भन्ने जनविश्वास रहदै आएको छ ।

३० दिनको रोजापछि पुरुषहरु इदगाहमा र महिलाहरु एकान्त ठाउमा गएर सामुहिक रुपमा नमाज पढने गर्छन । साथै एक आपसमा अगालो मारेर ‘‘इद मुवारक” भन्दै बधाई साटासाट गर्ने गर्दछन ।

तपाईको प्रतिक्रिया