अन्नबालि बचाउन विद्युतीय तारबार

रसुवा–जेठ २५ । आफ्नो अन्नबालि जंगली जनावरबाट बचाउन भन्दै रसुवा स्याफ्रेबेसीको ब्राबलमा विद्युतीय तारबार लगाइएको छ ।

tarलाङटाङ राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका किसानहरुले लगाएको अन्नबाली बन्यजन्तुले खाएर दुःख दिएपछि जोगाउन विद्युतीय तारबार लगाएको स्थानीय कृषकले बताएका छन् । खेतबारीमा लगाएको अन्नबाली बन्यजन्तुले खाएर बाझो रहदै आएको दुई हजार सात सय मिटर लम्बाईको क्षेत्रफलमा अहिले तारबार बिछ्याइएको छ ।

दुई हजार सात सय मिटरको तारबारको घेराबाट ब्राबलमा रहेको एक सय ५७ रोपनी खेतीयोग्य जमिन सुरक्षित हुँने विश्वास स्थानीयको छ । बाझो रहेको जग्गामा मौसमको अनुकुल अनुसार आलु, मकै करु, स्याउ, चिराईतो लगायतका अन्नबाली लगाउन सहज भएको कृषकहरु बताउँछन ।

तारजाली लगाउन कोषले १४ लाख रुपैया सहयोग पु¥याएको र स्थानीयको श्रमदान गरी २३ लाख रुपैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया