आर्थिक समृद्धि अबको पाथमिकता : मन्त्री पाण्डे

काठमाडौं–जेठ २५ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राजनीतिक लडाई सकिएको भन्दै अब एक मात्र लक्ष्य आर्थिक समृद्धि हुनुपर्ने बताउनुभएको छ ।

som_pandeyकाठमाडौमा मंगलबार भएको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानमार्फत राजनीतिक अधिकार सुनिश्चित भइसकेको भन्दै अब आर्थिक समृद्धितर्फ लाग्ने बेला आएको बताउनुभएको हो । उहा“ले वर्तमान सरकारले समृद्धितर्फ देशलाई अघि बढाउने गरि बजेट ल्याएको भन्दै देशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी समृद्धिको लक्ष्य पुरा गर्न सरकारल लाग्ने बताउनुभएको थियो ।

मन्त्री पाण्डेले बजेटको ठूलो आकारको भन्दा पनि जनमुखी र विकासमुखी भएको जिकिर गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया