केपा अमेरिका कपमा अर्जेन्टिनाको विजय सुरुवात

काठमाडौं–जेठ २५ । अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबल प्रतियोगिता अन्र्तगत पहिलो खेलमा जित हात पारेको छ । मंगलबार अमेरिकाको सान्टा क्लारामा भएको समूह डीको आफ्नो पहिलो खेलमा चिलीलाई अर्जेन्टिनाले दुई–एक गोलअन्तरले पराजित गरेको हो ।

विश्वचर्चित खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले पहिलो हाफ भने चिलीसंग गोलरहित बराबरी खेलेको थियो । खेलको ५१औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा इभर बनेगाले अर्को गोल गर्दै अर्जेन्टिनालाई दुई–शून्यको अग्रतामा पु¥याएका थिए । खेलको अन्तिम अतिरिक्त समयमा चिलीले गोल गर्दै खेल दुई–एकमा पु¥याए पनि अर्जेन्टिनालाई रोक्न भने सकेन ।

त्यस्तै, आजै भएको अर्को खेलमा पानामाले बोलिभियालाई दुई–एक गोलअन्तरले पराजित गरेको छ । खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएको पानामाले पहिलो हाफसम्म एक–शुन्यको अग्रता बनाएको थियो । दोस्रो हाफको ५४औं मिनेटमा बोलिभियाले गोल गर्दै खेल एक–एको बराबरीमा पु¥याएको थियो । त्यस्तै, खेलको ८७औं मिनेटमा पानामाले गोल गर्दै बोलिभियालाई दुई–एक गोलअन्तरले पराजित गरेको हो ।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुंदैछन् । आयोजक अमेरिका र कोष्टारिका तथा कोलम्बिया र पाराग्वे प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया