संघीय गठबन्धन आन्दोलनका नयाँ–नयाँ शैली अपनाउँदै, निकास शून्य

काठमाडौं–जेठ २५ । संबिधानको असन्तुष्टिका कारण संघीय गठबन्धनको नाममा एकाकार भई आन्दोलन गरिरहेका संघीय गठबन्धनका शिर्ष नेताहरुले काठमाडौंको खुलामञ्चमा रिले अनसन थालेका छन् ।

rela ansan gathगठबन्धनका नेताहरुले माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने दाबी गर्दै काठमाडौं केन्द्रीत दोश्रो चरणको आन्दोलन अन्र्तगतको रिले अनसन असार मसान्तसम्म जारी रहने बताएका छन् । हुनत, मधेसी मोर्चाका नाममा तराई मधेसमा ६ महिने संघर्षपछि आदीबासी जनजाती सम्बद्ध दलसँगको एकताबाट संघीय गठबन्धन निर्माण भएको छ ।

गठबन्धनले सरकारलाई आफ्ना माग पुरा गराउनेगरि दबाब दिन बैशाख अन्तिम साताबाट राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको छ । गठबन्धनले काठमाडौंमा पहिलो चरणको आन्दोलन अन्र्तगत सिंहदरबार र प्रधानमन्त्री निवास घेराउ, बिभिन्न स्थानमा सभा, जुलुस, धर्ना लगायतबाट सरकारलाई दबाब दिएको थियो ।संबिधानप्रति असन्तुष्ट रहदै आदिबासी/जनजाती  र मधेशकेन्द्रीत दल संबिधान जारी हुनु पूर्वसन्ध्यादेखि आन्दोलनमा छन् ।

आन्दोलनका क्रममा आन्दोलनकारी, सुरक्षाकर्मी र सर्बसाधारण गरी झन्डै ६० जनाको मृत्यु भैसकेको छ भने कैयौं आन्दोलनकारी घाइते छन । तर यसबीचमा ३६ पटक भन्दा बढी बार्ता भएपनि सहमति जुटन सकेको छैन ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush