कञ्चनपुर–जेठ २४ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा लगाइको ताला नौ दिनपछि खोलिएको छ । ताला खुलेसँगै रोकिएको पठनपाठन पनि सुचारु भएको छ ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विभिन्न किसिमका शैक्षिक माग सहित दबाबका लागि भन्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । यस्तै, रजिष्ट्रारले सामाजिक सञ्जालमा आफ्ना नेताको अपमान गरेको अभियोग सहित नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले अर्को ताला लगाएपछि नौ दिन देखि पठनपाठन प्रभावित भएको थियो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले सहमति जुटाएपछि तालाबन्दी खोलिएको हो । तालाबन्दी खोलिएपछि विश्वविद्यालयको पठनपाठन नियमित रुपमा सञ्चालन हुँने बताइएको छ ।