एमाले स्थायी समिति बैठक सुरु

काठमाडौं–जेठ २२ । गत बैशाखको ९ बुँदे सहमतिका क्रममा भएको भनिएको भद्र सहमति बारे पार्टीको समान धारणा बनाउन भन्दै एमाले स्थायी समिति बैठक शुरु भएको छ ।

vlcsnap-2016-06-04-21h31m16s781भद्र सहमति बारे पाटीका नेताहरुबाट सार्वजनिक कार्यक्रममा विवाद देखिएपछि पधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको हो । बैठकको पहिलो दिन शनिवार एमाले र माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिका विषयमा पार्टीभीत्र देखीएको मतान्तर बारे छलफल भएको बताइएको छ । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रको  सरकार परिवर्तन बारेको धारणा एमालेभित्रै पनि सहमतिका विषयमा देखापरेको विवाद बारे सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको नेताहरुले बताएका छन् ।

बैठकमा विभिन्न ५ एजेण्डामा छलफल भएको छ । बैशाख २३ गते सत्तारुढ दल एमाले र नेकपा माओवादी केन्दबीच ९ बुँदे सहमति भएको बाहिर आएपनि बजेटपछि सत्ताको नेतृत्व माओवादीलाई दिने बारे भद्र सहमति भएको भन्दै एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले सार्वजनिक कार्यक्रममा धारण राख्दैगर्दा पार्टी अध्यक्ष ओलीले भने ९ बुँदे बाहेक गोप्य सहमति नभएको दाबी गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया