आकशे पुलको प्रयोग गदैनन् सर्वसाधारण

काठमाडौं–जेठ २२ । काठमाडौं उपत्यका भित्र सडक पार गर्न विभिन्न ठाउँमा आकाशे पुल राखिए पनि कतिपय सर्वसाधारणले आकशे पुलको प्रयोग गदैनन् । छेउमै आकाशे पुल भएपनि त्यसको बेवास्ता गर्दै सर्वसाधारण जोखिमपूर्ण रूपले सडकबाट बाटो वारपार गछर्न् ।

सर्वसाधारणले आकाशे पुल छाडेर सडकबाटै बाटो काट्दा सवारी चलाउन पनि उत्तिकै समस्या हुने गरेको बताउँछन् सवारी चालक । अझ भन्ने हो भने आकाशे पुलको प्रयोग नगर्नेमा शिक्षित र युवा वर्ग बढी देखिन्छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि पैदल यात्रुलाई आकाशे पुलबाट मात्र सडक पार गराउने भनिएपनि त्यसको 123कार्यान्वयन हुन सकेको छैन । बेला बेलामा ट्राफिक प्रहरीले आकाशे पुलको प्रयोग नगरी सडकबाटै बाटो काट्नेलाई कारवाही गर्ने गरेपनि पछिल्लो समय त्यसको खासै प्रभाव देखिदैन । केही स्थानमा आकाशे पुल भएपनि कतिपय सर्वसाधारणले प्रयोग गरेको पाइदैन भने कतिपय  सडकमा बाटो काट्नका लागि आकाशे पुल र जेव्रा क्रसिङ नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ ।

तपाईको प्रतिक्रिया