विद्यालय पुनर्निर्माण तीव्र

तनहुँ–जेठ २२ । गत वर्षको ‘गोरखा भूकम्प’बाट पूर्ण क्षतिग्रस्त भएका तनहुँका ३ सय बढी विद्यालयको पुनर्निर्माणको कामलाई तीव्र बनाइएको छ ।
school re buildभौतिक पूर्वाधार कार्यक्रमअन्र्तगत २९ करोडको लागतमा तनहुँका क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गरिने भएको हो । शिक्षा कार्यालयका अनुसार दुई र तीन कोठे भवन निर्माणको काम ७० प्रतिशत पूरा भइसकेको भन्दै भवन पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको रकम विद्यालयको खातामा पठाइसकिएको छ ।

भूकम्पले तनहुँका अधिकांश विद्यालय भवनका साथै कक्षा कोठामा समेत क्षति पुगेका कारण विद्यालयले अस्थायी टहरामा पठनपाठन गर्दै आएका छन् । गत वर्ष मात्रै पनि विद्यालय भवन निर्माणका नाममा भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत पाँच करोड खर्च भएको थियो ।

यस्तै, हावाहुरीले क्षति पु¥याएका तनहुँका २५ सामुदायिक विद्यालयको मर्मत पनि यहि कार्यक्रम अन्र्तगत सुरु गरिएको छ । जसका लागि जिल्ला शिक्षा कार्यालयले १३ लाख निकासा गरेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया