संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति अपरिहार्य : प्रचण्ड

Prachanda_jpgरामेछाप–जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य हुने बताउनुभएको छ ।
मन्थलीमा आयोजित कार्यकर्ता भेटघाटमा माआवादी केन्द्रका अध्यक्ष दाहालले सरकार बनाउने र गिराउनेभन्दा संविधानको कार्यान्वयन अहिलेको आवश्यकता भएको भन्दै राष्ट्रिय एकता कायम गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउनुभएको हो । संविधानप्रति मधेसी, थारुलगायतका केही समुदायको असन्तुष्टि र फरक मत रहेको भन्दै निकासका लागि राष्ट्रिय सहमतिको विकल्प नहुने दाहालको जिकिर थियो ।

एक फरक प्रसङ्गमा अध्यक्ष दाहालले भूकम्प प्रधावित अन्य जिल्ला जस्तै रामेछापमा समेत पीडितको नाम छुटेको भए पुनः नाम दर्ताका लागि माओवादीले पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया