बजेटको विषयमा चिन्ता नग्रन अर्थमन्त्रीको आग्रह

काठमाडौं–जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले योजना आयोगले दिएको सिलिङअनुसार बजेट आएको भन्दै स्रोत व्यवस्थापनमा चिन्ता नगर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबारदेखि संसद्मा शुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफमा मन्त्री पौडेलले भूकम्प र नाकाबन्दीका कारण बजेटको आकार बढाइएको भन्दै कार्यान्वयनमा शंका नगर्न आग्रह गर्नुभएको हो । उहाँले बजेट budget n bisnuतर्जुमा गर्दा वित्तीय अनुशासन र त्यसको मापदण्डअनुरुप राजस्व र व्ययको अनुमान गरेको बताउनुभयो । मन्त्री पौडेलले योजना आयोगले दिएको बजेटको सिलिङभित्रै रहेर १० खर्व ५१ अर्बको बजेट ल्याएको जानकारी दिनुभयो । मन्त्री पौडेलले चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा भूकम्प र नाकाबन्दीका कारण परेको असरका कारण बजेट ठूलो देखिएका बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणको काम सम्भव गर्नका लागि समेत बजेटको आकार ठुलो भएको बताउनुभयो ।

मन्त्री पौडेलले फास्ट ट्रयाक, बुढी गण्डकी लगायतका राष्ट्रिय गौरवका आयोजना विकासमा साधन स्रोत साधनबारे चिन्ता नलिन पनि सांसद्हरुलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया