आरक्षण खारेज गनुपर्छ : प्रधानमन्त्री

काठमाडौं–जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणले प्रतिस्पर्धी क्षमतामा कमी आउने भएकाले खारेज गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको प्रथम जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा प्रधानमन्त्री ओलीले आरक्षण प्रथालेKp-oli11 समाजमा प्रतिस्पर्धी जनशक्ति घट्दै गइरहेको बताउनुभएको हो ।

सिमित समयसम्ममात्र आरक्षण प्रथा हुनुपर्ने भएपनि लामो समयसम्म रहंदा उल्टो परिणाम आउनसक्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले जातीय छुवाछुत अन्त्यको लागि प्रसस्त कानुनहरु भएपनि व्यवहारमा आउन नसक्दा अझै पनि समाजमा छुवाछुतका घटनारु आइरहेको बताउनुभयो । सरकारले यस वर्षदेखि जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया