ट्रेड यूनियन चुनाव–एमालेको बर्चश्व, भागबण्डाको यूनियन कस्तो होला ?

काठमाडौं–जेठ २० । निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनको चुनावमा नेपाल निजामती कर्मचारी संगठन प्रथम भएको छ । त्यस्तै, नेपाल कर्मचारी कर्मचारी यूनियन दास्रो र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तेस्रो भएको छ ।

vlcsnap-2016-06-01-15h25m49s298७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ वटा सरकारी निकायमा भएको निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनको चुनावमा नेपाल निजामती कर्मचारी संगठन कुल खसेको ४९ हजार ९५ मतमा २१ हजार १ सय २७ मत ल्याएर प्रथम भएको हो । त्यस्तै, कुल खसेको मत मध्येमा १६ हजार २ सय ५९ मत ल्याएर नेपाल निजामती कर्मचारी यूनियन दोस्रो र  ५ हजार २९ मत ल्याएर नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तेस्रो भएको छ । त्यस्तै, नेपाल मधेशी निजामति कर्मचारी संघ ३५ सय ६१ मत  प्राप्त गरी चौथो र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र १५ सय २९ मत ल्याएर पाँचौ भएको छ ।

मत परिणाम अनुसार १ सय १७ निकाय मध्येमा ८० वटा निकाय नेपाल निजामती कर्मचारी संगठन जित हासिल गरेको छ । त्यस्तै, नेपाल कर्मचारी यूनियनले २७ निकाय र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले २ वटा निकायमा जित हासिल गरेका हुन् । त्यस्तै, नेपाल मधेशी निजामती कर्मचारी संघले ७ वटा निकाय र एउटा निकायमा मत बराबर भएको छ । प्राप्त मतलाई प्रतिशतमा हेर्दा नेपाल निजामती कर्मचारी संगठनको ४४ प्रतिशत, यूनियनको ३४ प्रतिशत, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको १० दशमलभ ५७ प्रतिशत, नेपाल मधेशी निजामति कर्मचारी संघको ७ दशमलभ ४८ प्रतिशत र  राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको ३ दशमलभ २१ प्रतिशत हुन आउ“छ । निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनमा ५५ हजार ३ सय २९ मतदाता भएपनि ४९ हजार ९५ मत मात्र खसेको थियो ।

निजामती कर्मचारी आधिकारिक ट्रेड यूनियनको नियमावली अनुसार केन्द्रीय स्वरूपमा पहिलो हुनेले अध्यक्ष र कोषाध्यक्ष, दास्रो मत प्राप्त गर्नेले महासचिव, तस्रो मत प्राप्त गर्नेले उपाध्यक्ष र चौथो मत प्राप्त गर्नेले सचिवको पद पाउने व्यवस्था छ । तर मधेशी दल निकटको संगठनको धरौटी जफद भएपछि तीनवटा प्रमुख संगठन मध्येबाटै सचिव समेत नियुक्त गरिने बताइएको छ ।  दलीय भागबण्डाको आधारमा सम्पन्न भएको चुनावी परिणामबाट बन्ने ट्रेड यूनियनले समग्र कर्मचारिलाई एकाकार गर्नु भने आफैमा चूनौतिपूर्ण छ ।

तपाईको प्रतिक्रिया