सुमित्रा राना–काठमाडौं–जेठ २० । सडक नियम उल्लंघन गर्ने चालक बिरुद्धको कारबाहीको दायरा अहिले फराकिलो हुँदैछ । जरिवानाको दायरा बढेपछि कारवाहीमा पर्ने सवारीको संख्यामा भने कमी आउन थालेको छ ।
सडक नियम चालक तथा यात्रु सबैलाई मर्यादित बनाउने अनुशासन हो । पछिल्लो समय सडकमा अनुशासन हिनता बढ्दा दुर्घटना पनि उहि अनुपातमा बढेको थियो । जतिबेला लेन अनुशासन उल्लङ्घन गरेको पाइएमा दुई सय रुपैयाँ जरिवाना हुन्थ्यो । तर जेठ १ गते बाट लेन अनुशासन उल्लङ्घनको जरिवाना ५ सय पुगेको छ । अझ एउटा सवारी बारम्बार कारबाहीमा परे १ हजार ५ सयसम्म जरिवाना गर्न सकिनेगरि नियम परिवर्तन भएपछि सवारी नियम मिच्नेहरु सजग बन्न थालेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार अहिले सवारी नियम उल्लंघन गरेर कारबाहीमा पर्ने चालकको संख्यामा विगतमा दैनिक २ हजार सम्म पुग्ने गरेकोमा अहिले यो संख्या घटेर ५ सय देखि बढीमा १ हजारमा झरेको छ । हुन त अझैपनि विना पुर्वाधार जरीवाना बढाइएको भन्दै यातायात व्यवसायीहरुले बिरोध गर्दै आएका छन् । तर सडक अनुसासन र कारबाहीको दायरा फराकिलो बनाइदा चालक तथा यात्रु अनुशासित बन्न थालेका छन् । यसअघि सडक नियमलाई बेवास्था गर्दा सवारी दुर्घटना भई अकालमै ज्यान गुमाउनेहरुको संख्या पनि निकै ठूलो थियो । अहिले दुर्घटनाको दर पनि घटेको ट्राफिक प्रहरीको दाबी छ ।
सडक नियमलाई व्याहारिक रुपमा कार्यन्वयन गर्ने हो भने र सबै अनुशासित बन्ने हो भने अकालमा ज्यान गुमाउने, अंगभंग हुने सडक दुर्घटनाकै कारण ठूलो धनजनको क्षति हुने परम्परामा सुधार निश्चित छ ।