काठमाडौं–जेठ २० । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बिहिबारको मन्त्रीपरिषद् बैठकमा अनुपस्थित भएपछि एमाले र माओवादी केन्द्रबीचको विवाद सतहमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बोलाएको बैठकमा माओवादी केन्द्रका ८ मन्त्रीहरु मध्ये एक जना सिंचाइमन्त्री उमेश यादव मात्र सहभागी हुनुभएको थियो । माओवादी मन्त्रीको यो अनुपस्थितिलाई सूचना तथा संचारमन्त्री शेरधन राईले माओवादी पार्टीको आन्तरिक कारण भनेपनि दुई दलबीचको द्धन्द्ध प्रमुख कारण हुनसक्छ ।
हुनत, विगत दुई दिनदेखी प्रधानमन्त्री र गृहमन्त्रीबीच केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवाको विषयलाई लिएर सम्बन्ध चिसिएको बताइएको थियो । र पनि संचारमन्त्री राईले मन्त्रीपरिषद्का सदस्यहरुबीच कुनै खटपट नभएको दाबी गनुभएको छ । माओवादी कन्द्रका मन्त्री अनुपस्थित भएपनि मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालय अन्र्तगतको सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा खुल्ला प्रतिस्पर्धाबाट अर्को व्यक्ति नआउदासम्मका लागि भन्दै डा. गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भयो । यस्तै बैठकले नेपाली सेनाका केही अधिकृतहरुको पदावधि थप पनि गरेको छ ।
यसअघि पनि माओवादी केन्द्रका मन्त्रिहरुले बैठक बहिस्कार गरेपछि एमाले र माओवादी केन्द्रबीच नौँ बुँदे सहमति भएको थियो ।