के हो एमाले माओवादीवीचको भद्र सहमति ?

पुण्यप्रसाद धमला–जेठ २० । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्दबीच भएको भनिएको भद्र सहमति अहिले नेपाली राजनीतिमा चर्चामा छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भद्र सहमति नभएको दाबी गदै गर्दा माओवादी केन्द्रका नेताहरु भद्र सहमति कार्यान्वय गर्न भनिरहेका छन् ।

माओवादी केन्द्रका नेताहरुको भनाईलाई आधार मान्ने हो भने वैशाख २४ गते एमालेसँग ९ बुंदे सहमति हुँदै गर्दा वर्तमान सरकारले बजेट जारी गर्ने र बजेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको थियो । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग ९ बुंदे सहमतिबाहेक अन्य कुनै सहमति नभएको भनेर माओवादी केन्द्रका नेताहरुको प्रतिवाद गर्नुभएको छ । २०७४ साल मंसिरमा यही सरकारले संसदको चुनाव गराएर मात्रै बिश्राम लिने प्रधानमन्त्री ओलीको धारणा र तत्काल सहमतिय सरकारका लागि एमालेले भद्र सहमति कार्यान्वय गर्नुपर्ने माओवादी केन्द्रका नेताहरुको भनाइले भद्र सहमति भए नभएको बारे अन्योल बढाएको छ । सरकारको नेतृत्वकर्ता नेकपा एमाले र माओवादी केन्द्रबीच गत बैशाखमा भएको ९ बुंदे सहमतिले वर्तमान ओली सरकार विघटनबाट जोगिएको मात्रै थिएन, यहि सरकारले बजेट ल्याउने बाटो पनि खुलेको थियो ।

लिखितम नभएको भनिएको सरकार परिवर्तन बारेको भद्र सहमति बिवादले सत्तारुढ दुई दलबीचको दुरी बढाएको मात्रै छैन, वर्तमान सरकारको समिकरण फेरबदलको संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया