ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा ५ को मृत्यु

काठमाडौं–जेठ २० । ओखलढुंगाको फुलबारीको गोडाखोटीमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन् । फुलबारीबाट विलन्दु जाँदै गरेको ना. ५ प २५१२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी खोटाङ च्यास्मिटार वडा नम्बर ५ का हिराबहादुर राई, ओखलढुंगा बिलन्दु वडा नम्बर ५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविसका १४ वर्षीय मनिष खड्काको मृत्युभएको हो । ट्रयाक्टरका सह चालक फुलबारी वडा नम्बर ४ का प्रेम थापा घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । ट्रयाक्टरका चालक भने फरार छन् । ट्रयाक्टर पाँच सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया