सिजीले ल्यायो बजारमा पानी फिल्टर

kent-660x330काठमाडौं–जेठ १९ । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा केन्ट ब्रान्डका पानी छान्ने फिल्टर बिक्री वितरणमा ल्याएको छ ।

काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपका महाप्रबन्धक केएन झाले अन्र्तराष्ट्रिय बजारमा चर्चित रहेको केन्ट ब्रान्डका उच्च प्रविधियुक्त पानी छान्ने फिल्टर बिक्री शुरु गरेको बताउनुभएको हो । साँढे ३ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ मूल्य बराबरका केन्ट फिल्टरहरुको सिजी ग्रुपले आधिकारिक बिक्रेताको रुपमा नेपाली बजारको विक्रि वितरण थाल्ने भएको हो । केन्ट कम्पनीका प्रतिनिधी सूर्यकुमार चटर्जीले भारतमा लोकप्रिय केन्ट पानी छान्ने फिल्टर नेपालमा पनि छिट्टै स्थापित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

१० बर्ष भन्दा बढी टिक्ने केन्टका पानी छान्ने फिल्टरका सबै मोडलहरुमा एक वर्ष वारेन्टी र ५ वर्षको फ्री सर्भिसको व्यवस्था रहेको सिजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।

Published On:  361पटक हेरिएको

तपाईको प्रतिक्रिया