ग्रीन सिटिले गर्यो २ विपन्न विरामीको निःशुल्क अप्रेसन

काठमाडौं–जेठ १९ । काठमाडौको ग्रीन सिटि अस्पतालले पैसा नभएर अलपत्र परेका मुटु र नशाका २ जना विपन्न बिरामीको निशुल्क अप्रेसनसहित आवश्यक उपचार गरेको छ ।

Green_City_Hospital अस्पतालले पत्रकारसम्मेलन गरि दुई विपन्नको सबै उपचार व्यहोर्ने गरि अप्रेसन सम्पन्न गरेको जानकारी दिएको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले ओखलढुङ्गा स्थायी घर भई काठमाडौमा मजदुरी गर्ने कमल धमला र नुवाकोट घर भइ काठमाडौ बस्ने १३ वर्षिय लीला बिकको नशाको अप्रेसन निशुल्क गरेको जानकारी दिनुभएको हो ।

अध्यक्ष टण्डनले आर्थिक अभावकै कारण कोही पनि उपचारबाट बञ्चित हुन नदिने अस्पतालको उद्देश्य रहेको भन्दै ४ वर्षअघि स्थापना भएको अस्पतालमा अनुभवी र बिशिष्ट चिकित्सकहरु रहेको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया