नुवाकोट–जेठ १९ । नुवाकोट कुमरी ५ स्थित श्री विकास निमाविले आधुनिक कक्षाकोठा सहित पठनपाठन सुरु गरेको छ ।
गत वर्षको विनासकारी भूकम्पपछि अस्थायी टहरोमा संचालन हुदै आएको विद्यालयले हेल्थ एण्ड एजुकेशन फर नेपालको आर्थिक सहयोगमा नयाँ जिवन पाएको हो ।
मंगलवार विद्यालयमा आयोजित एक समारोहका विच राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेलले नवनिर्मित भवनको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डा. पौडेलले सरकारको मुख नताकी केहि संस्थाको सहयोगमा यस विद्यालयले काँचुली फेरेको प्रति खुशी व्यक्त गर्नुभएको थियो । सरकारले अझैपनि पुर्न्र्निमाणमा आफ्नो उपस्थिति देखाउन नसक्दा हेल्थ एण्ड एजुकेशन फर नेपाल लगायतको सहयोग बढ्दा यो लगायत विभिन्न विद्यालयले नयाँ भवन पाएका छन् । कार्यक्रममा हेन नेपाल अध्यक्ष जगत लामाले विद्यालयले आधुनिक भवनमा अध्ययनका साथै उचित खानेपानी तथा शौचालयको व्यवस्था हुँदा विद्यार्थीको अध्ययनमा सहजता आएको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबाबु पुडासैनीले असहज अवस्थामा पठनपाठन गराउनुपर्दा निकै समस्या परेको भन्दै हेल्थ एण्ड एजुकेशन फर नेपालको सहयोगले अध्यापनमा निकै ठूलो सहयोग पुगेको बताउनुभएको थियो ।
कार्यक्रममा हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष जगत लामाले आफु जन्मिएको स्थानको विद्यालय पुनःनिर्माण गर्न निकै दुःख तथा चुनौती व्यहोरेको भन्दै विद्यार्थीको समस्या समाधान गर्न सफल भएकोमा खुसि व्यक्त गर्नुभएको थियो । उहाँले सरकारको उपस्थितिलाई चुनौति दिदै स्थानियको साथ र सहयोग पाए विद्यालयको उन्नती र प्रगतिका लागि आफु सधै लागिरहने बताउनुभएको थियो । कार्यक्रममा स्थानिय नेताहरुले दातृ सहयोगबाट विद्यलयले नव जीवन पाएको भन्दै सहयोगी संस्थालाई धन्यबाद दिएका थिए ।
यस्तै, नव निर्मित पक्की भवनमा ८ कक्षासम्म अध्ययनरत विद्यार्थीले उचित वातावरणमा खानेपानी तथा शौचालयको प्रयोग समेत गर्न पाउने भएका छन् । पुनःनिर्माणका लागि हेल्थ एण्ड एजुकेशन फर नेपालको समन्वयमा १ करोड ५ लाखको लागतमा भवन तथा पुर्वाधार तयार भएको थियो ।