निजामती कर्मचारी ट्रेड युनियन चुनाव, ५५ हजार कर्मचारी सहभागी

vlcsnap-2016-06-01-15h24m20s985काठमाडौं–जेठ १९ । निजामती कर्मचारीको निष्पक्षताका लागि दलीय आबद्धता खारेजको आवाज उठिरहेको बेला सरकारले नै बुधबार देशैभरिका निजामती कर्मचारीलाई चुनाव गर्न भन्दै सार्वजनिक विदा दिएको छ ।

औपचारिक विदा सहित निजामती कर्मचारीका ट्रेड युनियनलाई चुनावी बाटो खुल्ला गर्नुले नेपालको निजामती प्रशासनभित्र राजनीतिले संस्थागत स्वागत पाएको छ । यो चुनाव निजामती कर्मचारी युनियन गठनपछि पहिलो हो । चुनावमा देशभरका ५५ हजार निजामती कर्मचारी मतदानमा सहभागी हुँदैछन । यसका लागि  देशभरका ८२ हजार कर्मचारीलाई विदा दिइएको छ ।

vlcsnap-2016-06-01-15h25m49s298दलीय ट्रेड युनियनले ल्याउने चुनावी मतको प्रतिशतका आधारमा नेतृत्व छनौट हुने भएकाले पहिलो स्थान ल्याउने दलको संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउने संगठनले महासचिव, तेस्रो ल्याउनेले उपाध्यक्ष, चौथोले सचिव र बाँकी १६ केन्द्रीय सदस्यपनि प्रतिशतका आधारमा निर्धारण हुने बताइएको छ । झांगिदै गरेको कर्मचारी प्रशासन भित्रको राजनीतिका कारण चुनावी प्रतिस्पर्धामा समेत नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमालेको नेपाल निजामती कर्मचारी संगठन, एमाओवादी निकट नेपाल कर्मचारी संगठन (निजामती), मधेसी कर्मचारी मञ्च र मोहन वैद्य समूहको राष्ट्रिय कर्मचारी संगठन भिड्दैछन् ।

मन्त्रालयको चुनावी कार्यतालिका अनुसार पाँच बजेभित्रमा मतदान सकेर मतगणना पनि स्वयम मन्त्रालयमै गर्ने बताइएको छ । निजामती ऐनअनुसार कर्मचारीले आफ्नो निष्पक्षता कायम गर्न राजनीतिक दलभित्र आवद्ध हुन पाउँदैनन् । तर दलगत रुपमा बनेका कर्मचारी संगठन नै चुनावी मौदानमा देखिनुले निजामती प्रशासनभित्र राजनीति छिराइएको मात्रै छैन नेपालको प्रशासनभित्र विकृति झांगिने प्रष्ट संकेत गरेको छ ।

२०४६ सालको आन्दोलनपछि कर्मचारीतन्त्रभित्र राजनीति छिर्दा एउटैमात्र संगठन थियो । २०६२–०६३ को आन्दोलनपछि दलगत रुपमा कर्मचारी संगठन गठनको लहड नै चलेको छ ।

 

तपाईको प्रतिक्रिया