दरबार हत्याकाण्डको १४ वर्ष, घटना रहस्यमै

काठमाडौं–जेठ १९ ।  जेठ १९, तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन । रहस्यमय ढंगबाट वीरेन्द्रको वंशनास भएको आज १४ वर्ष पुरा भएर १५ वर्ष सुरु भएको छ ।
narayanhiti_palace_musuem_pविश्वलाई समेत तरंगित बनाएको यो घटना स्मरण गर्ने जो कसैको आँखा अझसम्म रसाउछ । तर विश्व झस्किनेगरि चर्चामा आएको दरबार हत्याकाण्डको रहस्य अझसम्म रहस्यमै लुकेको छ । हुनत, थुप्रै नेताहरुले आफु प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्यउने बचन दिएका थिए । यो बिचमा प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएपनि वास्तविकता अझसम्म बाहिर आएको छैन ।

हत्याकाण्डपछि गठित छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिबेदन बाहिर ल्याएपनि उक्त प्रतिवेदनले आम सर्वसाधारणको आंशका मेटाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया