बेलायतको गोर्खा कप फुटबल–बन्यो नेपालीको महामेला

काठमाडौं–जेठ १८ ।  बेलायतमा आयोजित यस बर्षको गोरखा कप फुटबल भेट्रान तर्फको उपाधी क्यूजीएस सिग्नल्स रेडले र नन भेट्रान तर्फको उपाधी केन्ट एफ सीले हात पारेको छ ।
gorkha  cupफाइनल खेलमा बी १३ लाई पराजित गर्दै क्यूजीएस सिग्नल्स रेडले भेट्रान तर्फको र ईलाम एफ सी लाई पराजित गर्दै केन्ट एफ सीले नन भेट्रा तर्फको उपाधी हात पारेको हो । बिजयी समूहलाई स्थानीय नगर प्रमुख (मेयोरेस ) ज्याकी भोस्पेर तथा तमु धी अध्यक्ष राम चन्द्र (सुर्जे ) गुरुङ सहित प्रायोजकहरुले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार दुई हजार पाउण्डको थियो ।
प्रतियोगितामा विजयी समूहका गम बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए भने टप स्कोररमा प्रदिप गुरुङ छानिएका थिए । नेपालीको बाहुल्य बसाई रहेको बेलायत अल्डरशटको क्वीन्स एभेन्यू फुटवल मैदानमा आयोजित प्रतियोगितामा समुहगत रुपमा भेट्रान र नन भेट्रान गरी ४२ टिमको सहभागिता रहेको थिए ।
तमु धी युकेले आयोजना गरेको गोर्खा कप फुटवल हेर्न आइतबार बेलायतको अल्डरशटमा रहेको क्वीन्स एभेन्यू फुटवल मैदानमा दशौ हजार दर्शकको भीड लागेको थियो । फुटवल प्रतियोगिताको रुपमा कार्यक्रम आयोजना भए पनि बृहत रुपमा नेपालीहरुको सहभागिता र नेपाल झल्काउने प्रस्तुती तथा नेपाली स्वादका परिकारले कार्यक्रम मेलामा परिणत भएको थियो । प्रतियोगितामा बेलायती सैनिकको गोर्खा ब्रिगेड ब्याण्डले नेपाल तथा बेलायतको राष्ट्रिय धुन र अन्य नेपाली धुन सहितको परेड देखाइएको थियो ।
गोर्खा कपलाई बेलायतमा रहेका नेपालीहरु एकै ठाउँमा जमघट हुने कार्यक्रमको रुपमा समेत लिने गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया