सहमतीय सरकार मार्फत राष्ट्रको बाँकी अभिभारा पुरा गर्न तयार : दाहाल

काठमाडौं–जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको बाँकी अभिभारा पुरा गर्न सहमतीय सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको छ ।

Prachanda_jpgराष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औं स्थापना दिवसमा आयोजित चियापान समारोहमा संचारकर्मीसँग बोल्दै दाहालले संविधान कार्यान्वयन, पुर्ननिर्माण र मधेस समस्या समाधानका लागि राष्ट्रिय सहमतीय सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो । राष्ट्रको वर्तमानको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको भन्दै उहाँले अध्यक्ष दाहालले जिम्मेवारीबाट पछि नहट्ने जिकिर गर्नुभएको थियो ।
बजेटपछि सरकार परिर्वतनको चर्चा सुरु हुँदैगर्दा आएको माओवादी केन्द्रका अध्यक्ष दाहालको यो अभिव्यक्तिलाई सत्ता घटक दुई दलबीचको भद्र सहमतिको उद्घोषका रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया