भारतको एक बारुद्ध भण्डार डिपोमा ब्लास्ट, १७ को मृत्य

एजेन्सी–जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाँवमा रहेको भारतकै सबैभन्दा ठुलो सेन्ट्रल एम्युनिशन डिपोमा आगो लाग्दा सेनाका दुई अधिकारीसहित १७ जनाले ज्यान गुमाएका छन् ।
bisfot indiaसोमबार अबेर राति भएको ब्लास्टमा १५ जना सैनिक जवानको ज्यान गएको समचार एजेन्सी पीटीआईले जनाएको छ । उक्त घटनामा दुई सैनिक अधिकारीसति १७ जना घाइते भएको जनाइएको छ । वर्धा जिल्ला नजिक सेन्ट्रल एम्युनिशन डिपोमा सेनाको गोलाबारुद्ध राख्ने गरिन्छ । उक्त विष्फोटपछि आगो लागेको र  प्रहरीले आगो फैलिनबाट रोक्न नजिकका चार वस्ती पूर्णरुपमा खाली गरेको बताइएको छ । आगोका कारण घाइते भएकाहरुलाई नजिकैको सावनगी अस्पताल भर्ना गरिएको छ । डिपोमा भएको विष्फोटको छानविन गर्न एसआइटी गठन गरिएको समेत बताइएको छ ।

Published On:  612पटक हेरिएको

तपाईको प्रतिक्रिया