पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक सञ्चालनमा

मुस्ताङ–जेठ १८ । पहिरोका कारण अवरुद्ध हुँदै आएको बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएको छ ।

beni jomsang sadakवर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरो गएपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो । पहिरोले भत्काएको करिब १० मिटर सडक खण्ड सडक विभाग बागलुङको सहकार्यमा मर्मत भएसँगै नियमित रुपमा सवारीसाधन सञ्चालनमा आएको हो । लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरु प्रभावित भएका थिए ।

बाटोमै दुई दिनको कष्टकर बसाईमा रहँदैआएका यात्रुहरु बाटो सुचारुभएपछि खुसि भएका छन् । यो देशका विभिन्न भागबाट मुक्तिनाथ दर्शनका लागि आउने धार्मिक पर्यटनको सिजन पनि हो । ७२ किलोमिटर उक्त सडक अहिले विभिन्न स्थानमा भत्कने र पहिरोका कारण जीर्ण छ ।

तपाईको प्रतिक्रिया