बजेटपछि सरकार फेर्ने भद्र सहमति भएको हो : नेता खनाल

jhalanath-khanalकाठमाडौं–जेठ १८ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्ने भद्र सहमति माओवादी केन्द्रका अध्यक्षसँग भएको खुलाशा गर्नुभएको छ ।

आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार संकटमा पर्नेभएपछि  सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति सरकारको नेतृत्व हस्तान्तरणको भद्र सहमति भएको नेता खनालले प्रस्ट पार्नुभएको हो । बिबिसीसँगको कुराकानीमा नेता खनालले सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएको स्विकार गर्दै सरकार परिवर्तनपछि राष्ट्रिय सहमति गर्दै जाने कुरा भएको बताउँनुभएको थियो ।

यसअघि, बिबिसीसँगको कुराकानीमै कृषिमन्त्री हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीसँग सरकार हस्तान्तरणको भद्र सहमति भएको भन्दै यहि सहमतिपछि सरकार परिवर्तनका लागि तयार भएको तीनबुँदे गोप्य सम्झौतालाई विश्वासका आधारमा रोकिएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया