विश्व धुम्रपान विरुद्धको दिवस, विभिन्न कार्यक्रम सहित मनाइदै

काठमाडौं–जेठ १८ । मे ३१ अर्थात विश्व धुम्रपान विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ ।
smokingविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्षको मे ३१ का दिन यस क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएकाछन् । ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाऔं’ भन्ने नारा सहित सुरु भएको यो दिवसले अहिले विश्वव्यापी दिवसको महत्व पाएको छ । नेपालमा पनि जनचेतनामुलक तथा विभिन्न गोष्ठि सहित यो दिवस मनाउने गरिन्छ ।

नेपालमा धुम्रपानको पछिल्लो अध्ययन नभएपनि  १० वर्ष अघिको एक अध्ययनले करिब ५६ दशमवल ५ प्रतिशत पुरुष र १९ दशमवल ५ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको देखाएको छ । डब्लुएचओको तथ्यांक अनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्छन्, जसका कारण झण्डै ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।

तपाईको प्रतिक्रिया