३६ हजार बढी भूकम्प प्रभावित घरधनीसँग अनुदान सम्झौता

पुनर्निर्माण अभियान दोलखाबाट सुरु

काठमाडौं–जेठ १६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउन योग्य ठहरिएका १० जिल्लाका ३६ हजार २सय ८७ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।
रामेछापमा १३ हजार ७९, ओखलढुङ्गामा १० हजार ७ सय ३३, दोलखामा ५ हजार १ सय ६१, गोरखामा दुई हजार ३ सय, सिन्धुपाल्चोकमा १ हजार ९ सय २७, सिन्धुलीमा १ हजार १ सय, काभ्रेपलाञ्चोकमा ९ सय, धादिङमा ५ सय ९९, नुवाकोटमा २ सय ८० र रसुवामा २ सय ८ घरधनीसँग अनुदान सम्झौता गरिएको पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
सम्झौता अनुसार अनुदान पाउने घरधनीलाई बैंकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्तास्वरुप ५० हजार दिइनेछ । यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई वितरण गरिसकिएको प्राधिकरणले जनाएको छ ।
प्राय सबैजसो प्रभावित क्षेत्रमा लगत सङ्कलनको काम सम्पन्न भएको छ । तर अहिलेसम्म काठमाडौं उपत्यका र मकवानपुरमा अनुदान सम्झौता सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया