बजेट नवनिर्माण र आर्थिक उन्नतिको आधार : मन्त्री पौडेल

bisnu arthaकाठमाडौं–जेठ १६ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३–०७४ को बजेट भुकम्पपछिको पुर्ननिर्माण र संविधान कार्यान्वयनका मुख्य मुद्धामा केन्द्रित रहेको बताउनुभएको छ ।

सिंहदरबास्थित अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकारले जनमुखी बजेट ल्याएको दाबी गर्दै बजेट भुकम्पपछिको पुर्ननिर्माण र संविधान कार्यान्वयनमा बढी केन्द्रित हुने बताउनुभएको थियो । बजेटले मुल्यवृद्धि नियन्त्रण र ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गने लक्ष्य राखेको दाबी गर्दै उहाँले बजेट कार्यान्वयनमा सरकार गम्भिर रहेको बताउनुभयो ।

कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको दाबी गर्नुभएका मन्त्री पौडेलले कृषि, जलविद्य्त र पर्यटनलाई अधिकतम सदुयोग गर्दै समृद्धि तर्फ देशलाई अघि बढाउने लक्ष्य सरकारको रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया