सरकार देशको विकास र सम्बृद्धिमा दृढ छ, अनावश्यक टिकाटिप्पणी नगरौँ : प्रम ओली

Kp-oli11काठमाडौं–जेठ १६ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको विकास र सम्बृद्धिका लागि सरकार दृढ रहेको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।

नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार देशलाई सम्बृद्धितर्फ अगाडि बढाउन सरकार दृढताका साथ अघि बढेको भन्दै नीति तथा कार्यक्रम र बजेटले देशको विकासमा नयाँ दृष्टिकोण खडा गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रस्तुत बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गर्दै कायान्वयनमा ध्यान दिइने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको गौरव  भएको भन्दै जलवायु परिर्वतन न्यूनीकरण गरी वातावरण सन्तुलन राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा आवश्यक कदम चालिने बताउनुभयो । कार्यक्रममा सगरमाथा आरोहणमा सहयोग पुर्याउदै आएका ९ जना आरोहण सहयोगीलाई नगदसहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया