कांग्रेसले भन्यो–बजेट हावादारी गफ, कार्यान्वयनमा व्यवसायीको आशंका

काठमाडौं–जेठ १५ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सत्तारुढ दलले सकारात्मक भन्दै स्वागत गरेका छन भने प्रतिपक्षी दलले कार्यान्वयन हुन नसक्ने हावादारी गफको संज्ञा दिएका छन् ।

money-e1434183175402बजेटलाई नीजि क्षेत्रका व्यवसायीहरुले समेत आकर्षक तर कार्यान्वयनमा आशंका रहेको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटलाई नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्ने हावादारी गफ भनेको छ । बजेट मुल्यवृद्धि बढाउने तथा स्रोत व्यवस्थापनमा समेत चुनौतीपूर्व हुने कांग्रेस नेताहरुको टिप्पणी छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने बजेट केही मात्रामा सकारात्मक रहेपनि आलोचनामुक्त हुन नसकेको भनेको छ । शान्तीप्रक्रिया लगाएतका विषयमा सरकारले ल्याएको बजेटलाई केन्द्रका नेताहरुले सकारात्मक भनेका छन् । निजी क्षेत्रका व्यवसायीले बजेट सुन्दा आकर्ष भएपनि कार्यान्वयनमा आशंक देखिएको प्रतिक्रिया दिएका छन् ।

बजेट कार्यान्वयन हुन नसक्ने नेपाली अर्थतन्त्रको पुरानै रोग रहेको स्मरण गराउँदै व्यवसायीहरुले कार्यान्वयनमा ध्यान दिने सचेत गराएका छन् । यता, कार्यान्वयन गर्न सकिने खालको बजेट भएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेरै छाड्ने जिकिर गर्नुभएको छ ।

Published On:  353पटक हेरिएको

तपाईको प्रतिक्रिया