प्रवल जनसेवा श्री पदक नवयुग श्रेष्ठ र मीरा राईलाई

Nabayouge-1काठमाडौं–जेठ १५ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार नवयुग श्रेष्ठ र अल्ट्रा धाविका मीरा राई प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित हुने भएका हुन ।

नवौं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट फुटबल स्टार श्रेष्ठ र धाविका मीराका अलवा जुडोकी नीमा घर्तीमगर र कराँतेकी बिमला तामाङले सम्मान पाउने भएका हुन । फुटबल स्टार नवयुगको प्रेरणामा नेपालले गत बर्षको अन्त्यमा भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको थियो । गत सागमा उसुकी नीमा घर्तीमगरले पनि स्वर्ण जितेकी थिइन् । मीरा राई अल्ट्रा धावकका रुपमा विश्व बरियतामा दोस्रो स्थानमा छिन् ।

त्यस्तै सन् २०१४मा सम्पन्न एशियाली खेलकुदमा नेपालका लागि एकमात्र पदकबिजेता बिमला तामाङपनि प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानित हुने भएकी छन् । १२औं सागमा पौडीतर्फ एक रजत र तीन काश्यसहित ४ पदक सहितको  कीर्तिमान गर्ने गौरिका सिंहलाई जनसेवा श्री मानपदवी दिइने भएको छ । यस्तै, सातजना खेलाडी स्वीकृति पदक दिइने भएको छ ।

महिला फुटबलकी अनु लामा, पुरुष फुटबलबाट राष्ट्रिय टोलीका खेलाडीहरु रञ्जन विष्ट, आदित्य चौधरी, अमृत चौधरी र मानबहादुर स्वीकृति पदकबाट सम्मानित हुने भएका छन् । भलिबलकी बिनिता बुढाथोकी र सरस्वती चौधरी पनि स्वीकृति पदक पाउनेमा परेका छन् ।

तपाईको प्रतिक्रिया