कस्तो हुँदैछ त अन्तर्राष्ट्रिय सगरमाथा दिवसको तयारी ?

काठमाडौं–जेठ । मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रम सहित मनाउन भन्दै तिब्र तयारी गरिएको छ ।

National Geographic 2012 Adventurers of the Year - Sano Babu Sunuwar and Lakpa Tsheri Sherpa

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सरकार, पर्यटन व्यवसायी सङ्घसंस्थाले संयुक्तरूपमा सगरमाथा आरोहीलाई सम्मान गर्ने, प्रभातफेरी, ¥याली, लुक्लामा सरसफाइ अभियान, एभरेस्ट म्याराथुन, ¥याफ्टिङ महोत्सवको आयोजना गर्ने तयारी गरेका छन् । यो दिवसको अर्को चुनौती जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरप्रति गम्भीर भई सचेतना अपनाउनु हो । हिमालको वातावरण संरक्षण र सरसफाइका नाममा केही खाली सिसी र सिलिन्डर सङ्कलन गरी तल ल्याउने बाहे अन्य ठोस र दीर्घकालीन योजना तथा कार्यक्रम भएको देखिदैन ।

mount evजलवायु परि कका वर्तनको नकारात्मक असर रोक्न नेपालको एक्लो प्रयासले मात्रै सम्भव छैन । यसर्थ यो दिवश मार्फत जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा पहल गरी प्राप्त सहयोगलाई सरकारले सदुपयोग गरी दीर्घकालीन योजना तर्जुमा गरी सगरमाथाको जैविक र प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्नेतर्फ सरकार र संबन्धित क्षेत्रको ध्यान पुग्नुपर्छ ।
Mountain-Tripविश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पाइला टेकेर विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा स्थापित गराउन लागिएको बताइएको छ । सगरमाथा आरोहणको यही पहिलो दिनले विश्वभर ठूलो चर्चा पाएको मात्रै थिएन, नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति दिलाएको थियो ।
तर गतवर्ष विनासकारी भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन्, भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको दुखद मृत्युसँगै भत्किएको रुटका कारण आरोहण स्थगित गरिएको थियो । यसवर्ष वसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिएका छन् भने नयाँ रेकर्ड राख्नसमेत सफल भएका छन् । त्रिसाठी वर्षको आरोहणको अवधिमा करिब सात हजार पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् ।
mount everent 1सगरमाथा आरोहण जोखिमपुर्ण र संवेदनशील यात्रा हो । यस जोखिमपूर्ण आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । पछिल्लो तथ्याङक अनुसार हालसम्म करिब २ सय ८० जना आरोहीले सगरमाथामै ज्यान गुमाएका छन् । यसवर्ष पनि एक नेपालीसहित छ जना विदेशी आरोहीले आरोहणकै क्रममा ज्यान गुमाएका थिए ।

यस्ता साहसिक व्यक्तिहरुको कीर्तिमान र अदम्य साहसको नेपाल र विश्व समुदायले सधैं कदर र सम्मान गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया