घुस लिँदैगर्दा प्रधानाध्यापक अख्तियारको फन्दामा

pakrau-final13-300x253विराटनगर–जेठ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले   घुस लिँदै गरेको अवस्थामा एक प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
अख्तियारको पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आजविराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।अयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उक्त रकम लिएको खुलेको भन्दै आवश्कय अनुसन्धान जारी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया