एजेन्सी–जेठ । इजरायलले नेपालबाट थप कामदार मगाउने सकारात्मक संकेत दिएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग जेरुसेलममा भएको भेटपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिनुभएको हो । उहाँले बैद्यानिक प्रक्रिया मार्फत विभिन्न क्षेत्रगत काममा कामदार बृद्धि गर्न सकिने संकेत गर्दै छिट्टै दुबै देशबीच प्रक्रिया सुरु गरिने संकेत दिनुभएको बताइएको छ ।
इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले नेपालबाट थप कामदार ल्याउने विषयमा इजरायलका प्रधानमन्त्री सकरात्मक रहेको भन्दै यसलाई सार्थक बनाउन नेपाल सरकार समेत जिम्मेवार रुपमा प्रस्थुत हुनुपर्ने बताउनुभएको छ ।