काठमाडौं–जेठ १५ । अर्थमन्त्री बिष्णु पौडेलले अहिले आर्थिक वर्ष २०७३\०७४ को बजेट सार्वजनिक गर्दैहुनुहुन्छ ।व्यवस्थापिका संसदमा योजना आयोगको सिलिङभन्दा ठूलो आकारको अर्थात झण्डै १० खर्ब बराबरको बजेट अर्थमन्त्रीले सार्वजनिक गर्दै हुनुहुन्छ ।
बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, भूकम्पपछिको पुनःनिर्माण तथा चीनतर्फका नाका विस्तार र पूर्वाधारमा उल्लेख्य रकम, किसानलाई सामाजिक सुरक्षा, पत्रकारलाई पेन्सनको व्यवस्था बजेटमा समावेश गरिएको छ । रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर निर्माण, फास्टट्रयाक लगायतलाई महत्वका साथ उठाएको दाबी गरिएको छ ।