किन गणतन्त्र दिवस बहिस्कार गर्नुभयो पूर्वउपराष्ट्रपति झाले ?

काठमाडौ–जेठ १५ । पूर्वउपराष्ट्रपति परमानन्द झाले शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस कार्यक्रम बहिस्कार गर्नुभएको छ ।

paramanda jhaसरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा राष्ट्रिय पोशाकमा सजिएर मञ्च नजिक पुग्नुभएका पूर्वराष्ट्रपति झा आफु बस्ने ठाउँको व्यवस्था नदेखेपछि बाहिरिनुभएको थियो । मञ्च छेउबाट केहीबेर यताउति नियाल्नुभएका झा आफ्नो स्थान नभेटेपछि कार्यक्रम स्थलबाट रिसाएर फर्किनुभएको बताइएको छ ।
पूर्व उपराष्ट्रपतिले गणतन्त्र दिवस बहिस्कार गर्दा गलत शन्देष जाने भन्दै उहाँलाई सरकारी अधिकारीहरुले मञ्चमा फर्काउने प्रयास गरेपनि सफल भएनन् । कार्यक्रममा सरिक नभई बाहिरिनुभएका पूर्व उपराष्ट्रपति झाले आफ्नो अवहेलना गरिएको गुनासो गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया