काठमाडौं–जेठ १५ । आज महिनावारी सरसफाइको विश्व दिवस, नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
विशेष गरी महिला स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले महिनावारीका बेला अपनाउने सरसफाइका बारेमा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस महत्वका साथ मनाएका छन् । अझ महिला अधिकारका क्षेत्रमा काम गर्ने केही संघसंस्थाहरुले त यसलाई सरसफाइका साथै महिनावारी हुँदा गरिने छुवाछुत विरुद्धको जनचेतनामूलक कार्यक्रमका रुपमा यो दिवस मनाएका छन् । हुनत, अझपनि सदूर तथा मध्यपश्चिमलगायत विभिन्न जिल्लामा महिनावारी हुँदा छुट्टै घर अर्थात छाउ गोठ भनेर त्यहाँ राख्ने चलन हटिसकेको छैन ।
विशेष गरी हिन्दू धर्म मान्ने, ब्राम्हाण क्षेत्री परिवारमा महिनावारी हुँदा छुट्टै बस्ने\राख्ने चलन छ । यसर्थ यि र यस्ता दिवस विभेद अन्त्य गर्दै स्वस्थ र समतामुलक समाज निर्माणका लागि सार्थक बन्न सक्नुपर्छ ।